नेपालीहरुको महान चाड वडा दशैको चहलपहल शुरु भएको छ तर सडकको पेटिमा बसेर मागेर दैनिक गुजारा चलाउनेहरुलाई के दशैं के तिहार ।
देशकै राजधानी काठमाडौंका सडक मगन्तेरहित बनाइने भनी सरकारले त्यसका लागि प्रहरी अभियान सुरु गरे तर पनि मगन्तेहरु मागेर गुजारा चलाउन बाध्य छन् । सरकारले शिक्षा, स्वास्थ्य, गाँस र बासलाई आधारभूत आवश्यकता भनी संविधानमै उल्लेख गरे तर सडक मानवमुक्त गराउन सकेनन् ।
यसैलाई मध्यनजर गरेर समाजसेवी दुर्गा विरहीले ति सडकमा माग्न बसेकाहरुलाई चामल, बिस्कुट र पैसा बाढेका छन् । बाल्यकाल देखि नै विभिन्न कारणले पछाडी परेका समाज र व्यक्तिलाई सहयोग गर्दै आएका बिरहीले उनिहरुलाई सेवा गर्न पाउँदा आफु खुसि रहेको बताए ।
यसअघि पनि उनले विभिन्न क्षेत्रका अनाथ बालबालिकालाई सहयोग गरेका छन् । समाजसेवि मात्र नभएर उनि गाएक पनि हुन् । समसायीक विषय वस्तुका थुप्रै गीत बजारमा ल्याएका विरहीका पछिल्लो समयमा केही गीतहरूले निकै चर्चा पाएका छन्।
केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउँदै गरेका बहुप्रतीभाको धनी दुर्गा बिरही आफैमा सर्जक,गायक,मोडल, निर्देशक हुन् । यो समयमा बिरही दिनदिनै चर्चामा आइरहेको छ ।
पातिले बारेको घर , के छ कोसेलि , बादलु को घुम्टो, तिखु, छितिज पारि लगायत दर्जनौ गित ले प्रख्यात भएका दुर्गा बिरहीको केहि समय पहिला निकै चर्चामा आएको गित पातिले बारेको घरले दर्शकको मन निकै जितेको थियो ।