राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र भइरहेको छ : नेता रिजाल

आजभोलि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरा माथि लागेको आरोपको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गरेका छन् ।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानवीन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको दोषी उम्किन नहुने बताए । सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो ।

महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरे । कार्यक्रममा बोल्दै काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ झैं झम्टन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दावी गरे ।

  • १५ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !