राष्ट्रपति सिको भ्रमणलाई लिएर राजधानीको सुरक्षा व्यवस्था कडा, सवारीका बेला सडक पुरै खाली हुने

आजभोलि

चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणलाई लिएर राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आज र भोलि राष्ट्रपति सीको भ्रमणको समयमा राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ । त्यस्तै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ ।

ठूला मालबाहक सवारीको हकमा भने दुई दिन रिङरोड भित्र प्रवेश गर्न समेत रोक लगाएको महाशाखाका एसएसपी ढकालले जानकारी दिए । सी जिनपिङको आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि करिव साढे २ घण्टाको लागि बन्द हुनेछ भने सवारीसाधन समेत प्रभावित हुने भएको छ । सवारीको केही घण्टा अघिदेखि नै सडक खाली गराइएको छ ।

सवारीको बेला सडकको दुवै किनारामा पैदल हिँड्न र उभिन समेत रोक लगाउने प्रहरीको तयारी छ । चिनियाँ राष्ट्रपति सी दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेभित्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । त्यहाँबाट उहाँ तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड हुँदै सोल्टी होटल पुग्नु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाले शनिबार र आइतबार अति आवश्यक कामका लागि मात्रै गाडी चलाउन पनि आग्रह गरेको छ । महाशाखाले पुराना गाडी नचलाउन र अनावश्यक हर्न पनि नबजाउन चालकलाई अनुरोध गरेको छ । सी भोलि दिउँसो १ बजे चीन फर्किने कार्यक्रमम छ ।

  • २५ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !