गैरआवासीय नेपाली संघ(एनआरएनए)को महासचिवमा डा. केशव पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै डा पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएन अमेरिकामा दुई कार्यकाल नेतृत्वमा रहेका पौडेलले एनआरएन अमेरिकालाई संस्थागत रुपमा माथि उठाउदै आउने क्रममा आइसिसिको संस्थागत हितको लागि महासचिव पदमा उम्मेद्वारी दिएको बताउनुभयो ।
उहाँले आफूले कर्मभूमिको मेनस्ट्रिममा जानसमेत पहल गर्ने बताउनुभयो । त्यसैगरी उहाँले सचिवालयलाई चुस्त बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले संस्थामा संस्थागत विकास नभएको उल्लेख गर्दै ७० लाख विदेशमा बस्ने नेपालीको भावनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।