सरकारले २४ वर्ष भित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन् ।
अन्तराष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिवी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको स्पष्ट पारे ।
मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ ।
सचिव गौतमले सरकारले गरिवी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको पनि उल्लेख गरे ।