सबै समूदायको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न काँग्रेसका प्रवक्ता शर्माको सरकारसँग माग

आजभोलि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् ।

प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले संविधान प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको समृद्धिमा योगदान गर्न पनि बाह्य मुलुकमा रहेका सबै समूदायलाई आग्रह गरे ।

उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन पनि जनजाति समूदायको ध्यानाकर्षण गराए । सबै समूदायले आफ्ना भेषभुषाको संरक्षण गर्ने काममा लाग्न सकेमात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने पनि प्रवक्ता शर्माको भनाई छ ।

प्रवक्ता शर्माले सबै समूदायले आफ्नो पहिचानलाई स्थापित गराउन लागि पर्नुपर्ने पनि बताए ।

  • १ कार्तिक २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !