सरकारले षड्यन्त्रमूलक रुपमा नेता तथा कार्यकर्तालाई दुःख दिएको छ: सभापति देउवा

आजभोलि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै सभापति देउवाले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षड्यन्त्र सुरु गरेको बताए ।

१२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गरेको उनको आरोप छ । सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाए ।

उनले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताए । उनले सरकार थप निरंकुश बन्दै गए आन्दोलन गरेर लखेट्नुपर्ने बताए ।

सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताए ।

  • २ कार्तिक २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !