नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन् ।
महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।
शनिबार काठमाडौंमा अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले सरकारले ठूल्ठूला कुरा गरेपनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका मैनालीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दीगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।