नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास

आजभोलि

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तरगतको सो सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । उनले सो कार्यक्रममा बोल्दै नेपाल सुरुङ मार्गको नयाँ युगको प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिए ।

प्रधानमन्त्री ओलीले जलविद्युतको क्षेत्रमा, सिंचाईको क्षेत्रमा नहरहरु बनेपनि राजमार्गमा सुरुङ निर्माणका कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताए ।

उनले सो सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाजमा इन्डो कर्पोरेशनलाई सचेत पनि गराए । ४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो सुरुङ मार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति पनि आभार व्यक्त गरे । उनले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको ईतिहासमा यति धेरै सडक निर्माण गरेको कहिल्यै नभएको पनि स्पष्ट पारे ।

उनले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । टोखा–छहरे, बेत्रावती–स्यापूmवेशी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।

‘१६ सय किलो मिटर सडक त कालोपत्रे गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने ‘एयरपोर्टहरु बन्दैछन, फाष्ट्र ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, नेपालको इतिहासमा यति धेरै सडक मार्ग कहिल्यै बनेको थिएन ।’

प्रधानमन्त्री ओलीले अव सडक पेटीमा कुनै पनि मानिस देख्न नपर्ने दावी पनि गरे । उनले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहरुको आवासको व्यवस्था गर्ने आश्वासन पनि दिए ।

  • ४ कार्तिक २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !