सरकारले नेवार समुदायको किजा पूजाका लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो ।
यसअघि सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए ।