नेपालको प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढ्यो :मन्त्री बास्कोटा

आजभोलि

सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन् ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको प्रभाव पनि विश्वभर पर्न गएको पनि स्पष्ट पारे । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो ? भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्री बास्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताए ।

‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भन्नु भयो, ‘देशको हितमा लाभहरु लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’

मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राखे । उनले चन्द नेतृत्वको नेकपालाई हिँसा छोडन र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन पनि सचेत गराए । मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बास्कोटाको भनाई थियो ।

मन्त्री बास्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पारे ।

  • ७ कार्तिक २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !