डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ।
डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गमा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा कात्तिक पूर्णिमाको राति विधिवत पूजा सम्पन्न गरेपछि भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ ।
स्थानीय भाषामा देहिजाँतको रुपमा मानिने सुदूरपश्चिमेली जनताको आस्थाको केन्द्र उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्छ।
परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएको र त्यहाँबाट निस्किएको रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भएर किसानलाई दर्शन दिएको किम्वदन्ती छ ।
त्यसै बेलादेखि सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहिआएको जनश्रुति छ । उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मोक्ष र मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो मेलालाई सुदूरपश्चिमबासीले पर्व कै रुपमा मनाउने गर्दछन् ।
उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। ड
उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेलाा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा रोक लगाउने समितिको निर्णय छ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ। तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन।
वर्षमा एक पटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्तप्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।