काठमाडौं । नारायणघाट मुग्लिन सडक मंसिर २७ गतेदेखि दुई हप्तासम्म दिउँसोको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ ।
नारायणघाट मुग्लिन सडक आयोजनाले मंसिर २७ गतेदेखि दुई हप्तासम्म दैनिक विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म पहिरो नियन्त्रणको काम हुने भएकाले सडक बन्द हुने जनाएको हो । सडक बन्द हुने भएकाले त्यस समयमा बैकल्पिक सडक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई आयोजनाले आग्रह गरेको छ ।