उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात, केही स्थानमा हल्का वर्षाको सम्भावना

आजभोलि

पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

यो वर्ष आठ वर्षयता सबैभन्दा चाँडो हिमपात भएको हो । विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो ।

हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हु्म्लाको विमानस्थल नै अवरुद्ध भएको छ । अबको दुई दिनसम्म उच्च पहाडीसहित हिमाली भूभागका हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारण नै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै उनले मुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताईन् ।

त्यसैगरी शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

  • २७ मंसिर २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !