चट्याङ् लागेर बाँकेमा पाँच जना घाइते भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान परेको चट्याङ् लागेर उनीसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
घाइते सवैको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको अस्पताललाई उदृध गर्दै प्रहरीले जनाएको छ ।
चट्याङ् लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ ।