नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन् । उनले पार्टी सभापतिको कार्यशैलीप्रति आफू सहमत नभएको बताउँदै प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाए मात्र पार्टी एक हुने बताए ।
उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए । पौडेल समूहको बहिष्कारका बीच नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।
नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरे । देशलाई भ्रष्टचारमुक्त र काँग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ ।